|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिलाको अधिकारका निम्ति कोही माननीयले बजेट माग नगरेको बताएका छन्।

सोमबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय महिलावादी महिलामञ्च २०८०  कार्यक्रमलाई सम्बोधन गर्दै  महिलाका अधिकारका निम्ति कोही माननीयले बजेट माग नगरेको बताएका हुन्।

मानवीय विकासका लागि कसैले बजेट  माग नगरेको बताउँदै मुख्यमन्त्री कार्कीले सबैले आफ्नो घरको बाटो र अवसर जोडिने गरी बजेट माग गरेको बताए। उनले भने,‘महिलावादी बन्नका लागि महिलाका अधिकारका सवालमा काम गर्नुहोस् हैन भने त अवसरवाद मात्रै हुन्छ।’

अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त तथा महत्त्वपूर्ण हुने समेत उनले बताए।

विकासका महत्त्वपूर्ण क्षेत्रहरू महिलाको हातमा रहेको उल्लेख गर्दै मुख्यमन्त्रीकार्कीले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए।

विराटनगरमा स्थापना गरिने हृदय रोगको उपचार केन्द्र सैलजा आर्चायको नाममा स्थापना हुने भएकाले त्यसको प्रारम्भ बजेटको कार्यान्वयन सँगै हुने बताए। प्रदेश सरकारले भौतिक विकाश सँगै मानवीय विकासमा पनि जोड दिने भएकाले महिला अधिकारका क्षेत्रमा सशक्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.