|

काठमाडौं : जिरोनाले रियाल मड्रिडलाई पछि पार्दै ला लिगा तालिकाको शीर्ष स्थानमा फर्कने अवसर गुमाएको छ। ​

गएराति भएको खेलमा एथ्लेटिक बिल्बाओसंग एक–एक गोलको बराबरीमा रोकिएपछि जिरोना दुई अंकको अग्रता लिनबाट चुकेको हो।

घरेलु टोली जिरोना र बिल्बाओबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवैले पाएका अवसरको सदुपयोग गर्न सकेनन्। 

दोस्रो हाफको ५५ औं मिनेटमा भिक्टर सियान्कोभले आफ्नो टिमका लागि गोल गरेका थिए। तर जिरोनाले आफ्नो अग्रता जोगाउन सकेन। 

६७ औं मिनेटमा बिल्बाओका इयान्की विलियम्सले गोल गर्दै खेल बराबरी गरेका थिए। त्यसपछिको समयमा दुवै टिमले गोल गर्न नसकेपछि अंक बाडेका हुन्।

योसँगै ला लिगामा जिरोनाको पाँच खेलदेखिको जित यात्रामा पनि पूर्णविराम लाग्यो। दोस्रो स्थानमा रहेको जिरोनाको १५ खेलबाट ३५ अंक छ। शीर्ष स्थानको रियालको पनि समान ३५ अंक छ। 

पाँचौँ स्थानको बिल्बाओको २५ अंक रहेको छ। जुन चौथो स्थानको बार्सिलोनाभन्दा ६ अंकले पछि हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.