काठमाडौं : नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिमा अध्यक्ष डा. यमबहादुर रोका, प्राडा राजीव झा प्रेसिडेन्ट इलेक्ट (President Elect) र डा. सुदन ढकाल उपाध्यक्षमा चयन भएका छन् भने सचिवमा डा. गोपाल सेढाईं चयन भएका छन्।
यसैगरि डा. प्रकाश काफ्ले र डा. सुरज थुलुङ्ग सह-सचिवमा चयन भएका छन् भने कोषाध्यक्षमा डा. विनोद राजभण्डारी चयन भएका छन्।
सदस्यहरूमा डा. अनिसमान सिंह, डा. मनिष कोलाक्षपति, डा.माया भट्टचन, डा.राजीव शाह, डा.प्रत्युश श्रेष्ठ र डा.समीर अर्याल रहेका छन्।
डा.राजीव झाले सम्बन्धित क्षेत्रका विज्ञहरुले समय समयमा बसेर न्युरो सर्जनका समस्याहरु समाधान गर्ने र नयाँ नयाँ प्रविधिबाट प्रत्यक्ष तथा अनलाइन छलफल गर्ने बताएका छन्। समाजले नियमित प्रकाशन गर्ने जर्नलको प्रमुख सम्पादकमा डा.रेशा श्रेष्ठ छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।