|

सुर्खेत : चिसोका कारण रुकुम पश्चिमका भूकम्पप्रभावित दुईजनाको मृत्यु भएको छ। जिल्लाको आठबिसकोट नगरपालिका १४ पिपलचौरका ६२ वर्षीय खगीजैसी र ६४ वर्षीय टिके जैसीको चिसोका कारण मृत्यु भएको हो। 

स्थानीय मनसुरी खड्काका अनुसार भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार अपराह्न ५ बजेतिर ज्यान गएको र अर्का दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको हो।

गत कात्तिक १७ गते बारेकोट गाउँपालिका ०१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टरस्कलको भूकम्पले घर भत्किएकाले उक्त वडाका अधिकांश त्रिपालमुनि बसिरहेका छन्।

चिसोका कारण आठबिसकोटका अधिकांश बिरामी परेका छन्। तुसारो र हिमपात हुने समय आएकोले तत्काल अस्थायी आवास निर्माणका लागि पहल गर्न स्थानीयवासीले सरकारलाई आग्रह गरेका छन्। चिसोबाट बचाउनथप राहत पठाउनपनि उनीहरूको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.