|

सिड्नी : अस्ट्रेलियाको मुद्रास्फीति ४.९ प्रतिशतमा झरेको छ।

अस्ट्रेलियाको मुद्रास्फीति दर १८ महिना गताकै न्यून स्तरमा झरेको आधिकारिक तथ्यांकले देखाएको हो। अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अक्टोबरसम्मको १२ महिनामा ४.९ प्रतिशतले बढेको छ।

जुन वर्षको सेप्टेम्बरमा ५.६ प्रतिशतले बढेको थियो। भाडा मूल्य १२ महिनाको अवधिमा ६.६ प्रतिशतले बढेको छ। जुन वर्षको सेप्टेम्बरमा ७.६ प्रतिशतले घटेको छ भने नयाँ वासस्थानको मूल्यमा ४.७ प्रतिशत वार्षिक वृद्धि भएको छ। यो अगस्ट २०२१ यताकै न्यून संख्या हो।

२०२३ जुनको तुलनामा अक्टोबरमा बिजुलीको मूल्य ८.४ प्रतिशत बढी थियो। छुट्टी यात्रा र आवास मूल्यहरू सेप्टेम्बर र अक्टोबरबीच ७ प्रतिशत र सोही अवधिमा इन्धनको मूल्य २.९ प्रतिशतले घटेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.