|

काठमाडौं :  पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहने छ। यस्तै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, गण्डकी  र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ।

महाशाखाका अनुसार आज राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहने छ भने बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.