|

भक्तपुर : अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। 

शुक्रबार राति ८ बजे बा ७३प ३३२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा परिचय नखुलेका दुई जना गम्भीर घाइते भएको भक्तपुर प्रहरीले बताएको छ।

सूर्य विनायक चोकदेखि १५ मिटर पर मोटरसाइकल घिर्सिएको छ । उपचारका लागि घाइतेलाई भक्तपुर अस्पताल पठाएको छ। 

घटनाको थप अनुसन्धान भइरहेको डिएसपी वसन्त पाठकले बताए। मोटरसाइकल प्रहरीले नियन्णत्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.