|

काठमाडौं :  इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटेनहमसँग ३–३ गोलको रोमाञ्चक बराबरी खेलेको छ।

गएराति सिटीको इतिहाद रंगहालामा भएको खेलको सुरुवातमा एक गोलले पछि परेको सिटीले बराबरी खेलेको हो।

बराबरीसँगै लिगको दोस्रो स्थानमा जाने सिटीको अवसर गुमेको छ। खेलको छैटौं मिनेटमा नै सन ह्युङ मिनले टोटेनहमलाई आग्रता दिलाएका थिए। त्यसको ३ मिनेट पछि नै सनले आत्मघाति गोल गरेपछि खेल पुनः बराबरीमा आएको हो।

पहिलो हाफको ३१ औं मिनेटमा भने फिल फोडेले सिटीलाई अग्रता दिलाए। ६९ औं मिनेटमा लो सेल्सोले गोल गर्दा २–२ गोलको बराबरी भएको खेललाई ८१ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

खेलमा इन्ज्युरी समय मात्र बाँकी रहेको अवस्थामा कुलुसेभ्स्कीले गोल गरेपछि सिटी घरेलु समर्थकमाझ एक अंक बाँड्न बाध्य भएको हो। यो बराबरीसँगै ३० अंक जोडेको सिटी लिग तालिकाको तेस्रो स्थानमा छ भने टोटेनहम पाँचौ स्थानमा छ।

गएराति नै भएको खेलमा लिभरपुलले फुलह्ममलाई ४–३ ले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। यस्तै गएराति नै भएको खेलमा चेल्सीले ब्राइटनलाई हराएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.