|

काठमाडौं : स्पेनिस ला लिगामा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १– ० गोलले हराएको छ।  गएराति भएको खेलमा जोआ फेलिक्सले आफ्नै पूर्व क्लबविरुद्ध गोल गरेपछि बार्सिलोना विजयी भएको हो।

एट्लेटिकोबाट एक सिजन लामो लोनमा रहेका पोर्चुगिज फरवार्डले खेलको २८ औं मिनेटमा गोल गरेका हुन्।  जन ओब्ल्याकबाट पाएको बलमा उनले गोल गरेका थिए। तर एट्लेटिकोलाई बराबरी गर्नका लागि मेम्फिस डिपायन निकै नजिक पुगे पनि गोल गर्न सकेनन्।

 रोबर्ट लेवान्डोस्कीले गोलका निकै महत्वपूर्ण अवसर गुमाएपछि बार्सिलोनाले थप गोल गर्न नसकेको हो।  जितपछि बार्सिलोना लिगको तेस्रो स्थानमा पुगेको छ। बार्सिलोना पहिलो र दोस्रो स्थानको रियल मड्रिड र जिरोनाभन्दा चार अंकले पछिछ।

ला लिगामा गएराति सेभियाले भिल्ला रियलसँग १–१ गोलको बराबरी खेलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.