|

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहालले १६औँ पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा गहन छलफल गरी भावी योजना तय गर्ने बताएका छन्। बुधबार ललितपुरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अध्ययन तथा अनुसन्धानको क्षेत्रमा देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी नेपाल सरकारको सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाहरूको खाका तयार गर्न आवश्यक रहेको बताए।

उनले विज्ञान तथा प्रविधि क्षमता विकासमा तीव्रता आउँदै गएको महसुस भइरहेको बताए। उनले बाध्यताको नाममा विज्ञान र प्रविधिबाट पछि हट्नु नहुने बताए। उनले प्रतिष्ठानलाई आवश्यक जनशक्ति, साधन श्रोत र उपकरणको व्यवस्था मिलाउने कुरामा सरकारको तर्फबाट अधिकतम सहयोग हुने प्रतिवद्धता जनाए।

प्रधानमन्त्री दाहालले अहिलेको अवस्था भनेको सहकार्य र समभावको भएको भन्दै एक्लै गन्तव्यमा पुग्न कठिन हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.