काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।
महासमिति बैठकमा भएको समूहगत छलफल आएको सुझावबारे छलफल गर्नका लागि गोदावरीस्थित भिलेज रिसोर्टमा बैठक बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।
उनका अनुसार पदाधिकारी बैठकपछि सुझावलाई सम्बोधन गरेर आज समापन समारोह हुँदै छ।
महासमितिको बैठकमा प्रस्तावित पाँच प्रतिवेदनमध्ये महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने संकल्प गर्ने प्रस्तावमाथि बैठकमा धेरै बहस भएको छ। जुन कुरामा सभापति देउवाको असहमति थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।