|

काठमाडौं :  नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जाल लोकतन्त्रलाई चुनौती दिन सक्ने रुपमा नआएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हो। उनले सामाजिक सञ्जालका कारण लोकतन्त्र खतरामा पर्‍यो भन्ने भनाइसँग आफू सहमत नरहेको बताए।

उनले सामाजिक सञ्जालबाट गलत सूचना सम्प्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भइरहेको सत्य भएपनि लोकतन्त्र नै खतरामा भने नपारेको बताए।

उनले सामाजिक सञ्जालका गलत सूचनाहरू रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोशिश हुनुपर्ने बताए।

‘यो सोसल मिडियाले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरासँग म त्यति धेरै सहमत छैन । यसले मिस कम्युनिकेसनको कुरा गरेको छ, गलत सूचना सम्प्रेषण भइरहेको छ, समाजलाई गलत गर्ने कोशिश पनि गरिएको छ । तर लोकतन्त्रलाई चुनौती दिन सक्ने तहमा यो आइसक्यो भन्ने मलाई लाग्दैन।’ उनले भने, ‘लोकतन्त्रलाई चुनौती दिन सक्छ जस्तो लाग्दैन । यद्यपि यसका प्रभावको बारेमा छलफल गर्नुपर्छ । त्यसबाट हामीले हाम्रो सोसाइटीलाई जोगाउने कोशिश गर्नुपर्दछ ।’

उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल, इआई, आइटीको दुरुपयोग हुनसक्ने भए सदुपयोग हुनसक्छ कि सक्दैन ? भन्ने प्रश्न गरे। उनले राजनीतिक दलहरू वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा उभिनु पर्ने बताए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.