|

काठमाडौँ : एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले एसीसी पुरुष प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ। तालिकाअनुसार नेपालले पहिलो खेलमा मलेशियासँग प्रतिस्पर्धा गर्ने भएको छ।

एसीसीले आज (आइतवार) सार्वजनिक गरेको तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल मलेशियासँग (अप्रिल १२) मा खेल्नेछ। 

अप्रिल १२ देखि अप्रिल २१ तारिखसम्म ओमानमा आयोजना हुने प्रतियोगितामा १० टोली सहभागी हुने छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। 

समूह ‘ए’ मा नेपाल, मलेशिया, हङकङ‚ कतार र साउदी अरेबिया रहेका छन्। समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्।

नेपालले समूहको आफ्नो दोस्रो खेल अप्रिल १३ तारिख कतारसँग, तेस्रो खेल अप्रिल १५ तारिख हङकङ र चौथो तथा अन्तिम खेल अप्रिल १७ तारिखमा साउदी अरेबियासँग खेल्नेछ। 

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्। सेमिफाइनलमा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्ने छन्।

फाइनल विजेता टोलीले सन् २०२५ मा आयोजना हुने एसिया कप खेल्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.