|

इलाम : इलामको सूर्योदय नगरपालिका– ११ तिनघरे बजारमा सोमवार मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। 

इलामको शान्तिपुरबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प १६३० नंम्बरको मोटरसाइकलले तिनघरे बजारमा बाटो काट्दै गरेका पैदल यात्री स्थानीय ५० वर्षीय बोमबहादुर लुङ्गेली मगरलाई ठक्कर दिंदा घाइते भएका मगरको झापाको बिएण्डसी अस्पताल  विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। 

घटनामा संलग्न मोटरसाइकल चालक रोङ गाउँपलिका–१ का २२ वर्षीय लोकेश खड्का र मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.