|

काठमाडौं : रोल्पाको माडी गाउँपालिका–५ घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको छ। 

आगलागीमा परेर ७५ वर्षीया हरिकला घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले रोल्पाले  जनाएको छ।  भावाङ कचरिकोटस्थित वृद्धाको घरमा मंगलबार अपराह्न ४ः४५ बजे अचानक आगलागी भएको थियो। 

प्रहरीका अनुसार घरमा हरिकलासँगै उनका माइला छोरा मात्रै बस्दै आएका थिए। तर आगलागीका बेला छोरा घरमा थिएनन्। आगलागीको कारण भने खुलेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.