काठमाडौं : त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ।
नेदरल्याण्ड्सविरुद्धको खेलमा कुशल मल्लले दोस्रो सफलता दिलाएका हुन्। ५४ रन बनाएर खेलिरहेका माइकल लेभिटलाई मल्लले आउट गरेका हुन्।
यसअघि करण केसीको बलमाा दिपेन्द्रसिंह ऐरीले क्याच गर्दा म्याक्स ओड आउट भएका हुन्।
पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।