|
फाइल तस्वीर

काठमाडौँ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक ऐन संशोधनका लागि गृहकार्य भइरहेको बताएका छन्।

शुक्रवार राष्ट्रियसभा बैठकमा उनले सो जानकारी दिएका हुन्। उपप्रधानमन्त्री खड्काले सैनिक ऐन, २०६३ लाई संशोधन गर्न सरोकारवालाहरुसँग छलफल भइसकेको र त्यसलाई अन्तिम रुप दिन संसदको चालु अधिवेशनमै पेश गर्न लागिएको बताए।

उनले भने, ‘सैनिक ऐन २०६३ संशोधनको गृहकार्य भइरहेको जानकारी गराउन चाहन्छु। सम्बन्धित सरोकारवालाहरुसँग छलफल भई संशोधनको मस्यौदालाई अन्तिम रुप दिन यथाशाक्य संसदको यसै अधिवेशनमा पेश गर्ने गरी अगाडि बढेको व्यहोरा पनि म माननीय सदस्यहरुज्युहरुलाई जानकारी गराउन चाहन्छु।’

उपप्रधानमन्त्री खड्काले सरकार, सेना र अदालतमाथि नकारात्मक टीकाटिप्पणी हुने गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे। 

सेना, सरकार र अदालत सबै नागरिकका साझा सम्पत्ति भएकाले त्यसमा रहेका कमी हटाउन मर्यादित र रचनात्मक सहयोगको अपेक्षा पनि सरकारले गरेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.