|

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारुढ माओवादी केन्द्रका कारण गठबन्धन तलमाथि नहुने बताएकी छिन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले आफूहरूको कारणले गठबन्धन तलमाथि नहुने बताइन्। उनले माओवादी केन्द्रभित्र पार्टीले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको भन्दै यसमा गठबन्धनले सहयोग गर्नुपर्ने बताइन्।

उनले माओवादी केन्द्र राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको भन्दै अध्यक्षमा दाबी गर्नु अन्यथा नभएको बताइन्। उनले माओवादीको राष्ट्रियसभा अध्यक्ष उम्मेदवार हुँदा गठबन्धनले सहयोग गर्दा हुने बताइन्।

‘गठबन्धनमा खटपट आयो भन्ने कुरा छैन। माओवादी राष्ट्रिय सभामा ठूलो पार्टीको रुपमा पनि आयो। अर्को कुरा, जुन बिग सिक्स  (ठूला छ पद) छ। अहिले आउँदा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखदेखि लिएर राष्ट्रिय सभासम्म कहीँ पनि माओवादीको उपस्थिति छैन। प्रधानमन्त्री हुनुहुन्छ, आफ्नो ठाउँमा छ। अहिले जति विषयहरू उठेका छन्, त्यो विषयले माओवादीले नै राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारको दाबी गर्न पाउनुपर्छ र यसमा गठबन्धनले पनि सहयोग गर्नुपर्छ भन्ने आशयबाट स्थायी कमिटी बैठकमा कुरा उठेको हो।’

उनले भनिन् ‘करिब–करिब एक खालको सर्वसहमति जस्तो बन्यो स्थायी कमिटी बैठकमा। त्यसकारणले गर्दा यसमा दाबी गर्ने, यसमा उम्मेदवार हाम्रो हुन पाउनुपर्छ भन्ने त के अन्यथा कुरा भयो र? गठबन्धनले सहयोग गर्दा नै भइहाल्यो नि ठुलो कुरै भएन। गठबन्धन तलमाथि हाम्रा कारणले चाहिँ हुँदैन।’

उनले अहिलेको अवस्थामा गठबन्धनमा कुनै खटपट नआएको बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.