|

काठमाडौँ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सत्तागठबन्धनले राष्ट्रियसभा अध्यक्षमा एउटै उम्मेदवार दिने खुलासा गरेका छन्।

शुक्रवार प्रतिनिधिसभा बैठकपछि नेपाली काँग्रेसका उपसभापति समेत रहेका मन्त्री खड्काले उक्त खुलासा गरेका हुन्। 

उनले सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनले सर्वसम्मत उम्मेदवारी दिने बताए। उनले गठबन्धनमा दायाँबायाँ नहुने बताए। वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म निरन्तर अघि बढ्ने पनि उनले दावी गरेका छन।

उपप्रधानमन्त्री खड्काले भने, ‘राष्ट्रियसभा अध्यक्षका बारेमा सल्लाह गर्छौं। एउटा उम्मेदवार दिन्छौँ। आपसमा विमर्श गर्छौ। इस्यु केही छन् भने समाधान गर्छौं। नयाँ विश्वासको उचाइसहित गठबन्धनबाट सर्वसम्मत राष्ट्रियसभा अध्यक्षको उम्मेदवार दिन्छौँ र गठबन्धन निरन्तर अघि बढ्छ।’

उनले गठबन्धनका बीचमा केही समस्या भएमा छलफलका माध्यमबाट टुंगो लगाउने दावी गरे। निर्वाचनका वेला जनतासामु गएर बोलेर गठबन्धन स्थापित गरेको र त्यही जनमतको गठबन्धनको सरकार भएको उनको भनाइ छ। त्यसैले यो गठबन्धन पाँच वर्षसम्म निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरे।

मन्त्री खड्काले गठबन्धन तलमाथि हुने कुराको आफूले कल्पना समेत नगरेको बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.