उद्घाटन खेलमा भारत विजयी

|

ललितपुर :अनुष्का कुमारीको ह्याट्रिकमा साफ यु-१६ महिला च्याम्पियनसिप फुटबलमा भारतले विजयी शुरुवात गरेको छ। 

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा भारतले भुटानलाई ७–० को भारी अन्तरले हराएको छ। 

भारतका लागि थप दुई गोल फर्नान्डेजले गरिन् भने कप्तान श्वेता रानी  र अन्विता रघुरमणले एक–एक गोल गरे। जितसँगै भारतले ३ अंक बटुलेको छ। 

भारतले यसपछि नेपाल र बंगलादेशसँग खेल्न बाँकी छ।  दोस्रो खेलमा भारतले आगामी मंगलबार बंगलादेशसँग खेल्नेछ। 

साफ यू–१६ च्याम्पियनसिपको पहिलो खेलमा भोलि शनिबार नेपालले बंगलादेशसँग खेल्नेछ।  

यस्तै २१ फागुनमा भुटानसँग  र २४ फागुनमा भारतसँग खेल्नेछ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि फागुन २७ गते खेल्नेछन्। 

घरेलु मैदानमै भइरहेको प्रतियोगिता नेपालका लागि उपाधि जित्ने अवसर छ। नेपाली महिला उमेर समूहको टोलीले मात्रै उपाधि जितेको इतिहास छ। 

पश्चिम एशियाली फुटबल महासंघ वाफ च्याम्पियनसिपमा नेपाली महिला टोली फाइनलमा बिहीबार राति मात्रै पराजित भएको थियो। 

जारी साफ यू–१६ च्याम्पियनसिपमा नेपालका लागि भारत र बंगलादेश बढी चुनौती हुनसक्छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.