काठमाडौँ : रास्वपाका सभापति रवि लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्ने बताएका छन्।
शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेतृत्वले जनताको शक्ति चिनेका वेला नै देशले साँच्चिकै मुहार फेर्ने बताए। उनले भरतपुरको विकासका लागि आफूले खेल्नुपर्ने भूमिका निर्वाह गर्न कटिबद्ध र प्रतिबद्ध रहेको बताए।
उनले भने, ‘यहाँ वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरू सबै हुनुहुन्छ। यसो हेर्दा यो मञ्च धेरै शक्तिशाली लागेको होला तर यहाँको शक्तिले जब त्यहाँको शक्ति चिन्छ बल्ल देशले मुहार फेर्छ। भरतपुरको विकासका लागि आफूले खेल्नुपर्ने भूमिका निर्वाह गर्न कटिबद्ध र प्रतिबद्ध छु। भएका राम्रा चिजको प्रशंसा गरेको छु।’
सभापति लामिछानेले भरतपुर भ्रमण सफल पार्न आग्रह गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।