|

काठमाडौं : त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलामा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाएको छ।

ओपनर ब्याटरद्वय कुशल भुर्तेल १२ र आशिफ शेख ८ रनमा आउट भएका हुन्। दुवै एउटै ओभरमा आउट भएका हुन्। दुवैलाई भिभिएन किङमाले आउट गरे।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्याण्ड्सले दिएको १ सय २१ रनको साधारण लक्ष पछ्याइरहेको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्स ३ बल बाँकी छँदै १ सय २० रनमा समेटिएको थियो।

नेपाली बलरले नेदरल्याण्ड्सका ब्याटरलाई सुरुदेखि नै दबाबमा राखेका थिए। नेपालका लागि प्रतिस जिसिले ३, करण केसी र कुशल मल्लले २/२ र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

नेदरल्याण्डस्का लागि म्याक्स ओदाउदले ३१, टिम भान डर गगटेनले २४, कप्तान स्कट इड्वार्डस्ले १८ रन बनाए भने रोएलोफ भान डस मेर्वी रनमा अविजित रहे। अरू खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.