|

काठमाडौँ : काठमाडौँका छुट्टाछुट्टै स्थानबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँको नागढुङ्गामा गरिएको जाँच अभियानका क्रममा बा १प ७६४ नम्बरका पर्यटक बोक्ने माईक्रो चालक ललितपुर महानगरपालिका १४ का ३२ वर्षीय वासुदेव खड्का, बा ७ ख ९७ २१ नम्बरका ट्रक चालक पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका ८ का २८ वर्षीय अमृत उप्रेती र ना ८ ख १६ ४६ नम्बरका ट्रक चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ का २७ वर्षीय पंकज चौलागाईँलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यस्तै  काठमाडौँको बल्खुबाट पनि लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका बागमती प्रदेश ०१-०२५ च ७८७४ नम्बरका पिक अप भ्यान चालक सिन्धुपाल्चोक घर भएका २५ वर्षीय सफल श्रेष्‍ठलाई पनि हिजै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका ३ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट र श्रेष्‍ठलाई प्रहरी वृत्त कालिमाटी पठाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.