|

काठमाडौं : लुम्बिनी प्रदेश नेपाल युवा परिषद्को आयोजनामा आइतबारदेखि बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन हुने भएको छ। लुम्बिनी प्रदेश युवा परिषद्को आयोजनामा बाँकेको गाभर भ्याली होमेस्टेमा तीनदिने प्रदेश युवा सम्मेलन हुने भएको हो।

फागुन २० देखि २२ गतेसम्म सञ्चालन हुने सम्मेलनको तयारी पूरा भएको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जनाएको छ। एक राम्रो विश्वका लागि युवा अभियान, युवा उद्यमशीलताको सृजनाः सम्भावना र रचनात्मक प्रवद्र्धन, प्रभावकारी शासकनका लागि युवा शसक्तिकरण, जलवायु कार्यमा युवा संलग्नता लगायतका विषयमा छलफल गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँले सम्मेलनले निकालेको निचोड प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, समाजिक विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा बुझाइने जानकारी दिए।

उनले सम्मेलनको निचोडले राज्यलाई युवा नीति बनाउन सघाउ पुग्ने बताउँदै उनले स्थानीय पालिकाहरूले समेत युवा नीति बनाउँदा सम्मेलनको निचोडले सहज बनाउने दाबी गरे।

१२ जिल्लाका २०५ युवाहरू सहभागी हुने सम्मेलनको उद्घाटन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले र समापन प्रदेश सामाजिक विकासमन्त्री सिके गुप्ताले गर्ने आयोजकले जनाएको छ।

यस्तै, लुम्बिनी प्रदेशको प्रदेश युवा सम्मेलन २०२४ मा विभिन्न विज्ञहरुद्वारा विषयगत क्षेत्रमा कार्यपत्र प्रस्तुत, प्यानल छलफल, सफलताका कथाहरूसहित ३ दिनको कार्यक्रम सञ्चालन हुनेछ।

यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको युवा सांस्कृतिक साँझ, लुम्बिनीका युवाद्वारा तयार पारिने लुम्बिनी प्रदेशको प्रादेशिक कार्ययोजना रहेको छ। सहभागी हुन आउने सम्पूर्ण युवाहरुले आफ्नो कला संस्कृति झल्कने भेषभूषा, स्थानीय स्तरमा पाइने रैथाने खानाका परिकार र रैथाने बीउबिजनसमेत लिई प्रदेश युवा सम्मेलन हुँदै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.