|

ललितपुर : साफ यु–१६ महिला च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमै नेपाल पराजित भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिवार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको हो। 

बंगलादेशका लागि दुबै गोल सौरभी प्रीतिले गरिन्। उनले पहिलो गोल खेलको २५औँ मिनेटमा गरेकी थिइन् भने दोस्रो गोल पेनाल्टीमार्फत गरिन्। 

खेलका ३१औँ मिनेटमा नेपालकी गोलरक्षक झरना डुम्राकोटीले अल्पी अख्तेरलाई पेनाल्टी बक्सभित्र फल गरेपछि बंगलादेशले पेनाल्टी पाएको थियो।

यसअघि शुक्रवार भएको उद्घाटन खेलमा भारतले भुटानलाई ७–० ले हराएको थियो। नेपालले २१ फागुनमा भुटानसँग र २४ फागुनमा भारतसँग खेल्ने छ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधीका लागि फाल्गुन २७ गते खेल्ने छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.