|

काठमाडौँ : नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले मार्च ४ लाई मजदुरको महान् चाडका रूपमा मनाउने भएको छ।

आइतवार काठमाडौँमा पत्रकार सम्मेलन गरी महासंघले यसबारेमा जानकारी दिएको हो। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद श्रेष्ठले नेपाली ट्रेड युनियन आन्दोलनको स्थापनाको दिनको स्मरण गर्दै अबदेखि मार्च ४ लाई मजदुरको महान् चाडका रूपमा मनाउने घोषणा गरेका हुन्।

महासंघले फागुन २१ गते आन्दोलनको ७७ औं वार्षिकोत्सव मनाउने बताएको छ। कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने महासंघले जनाएको छ। त्यस अवसरमा जिफन्टले ‘चुनौतीसँग जुध्दै नेपाली ट्रेड युनियन आन्दोलन’ कृतिको विमोचन गर्ने जिफन्टले बताएको छ।

फागुन २२ गते उक्त अध्ययनमा आधारित रही अन्तरराष्ट्रिय सहभागीसहित नेपालको ट्रेड युनियन आन्दोलनका उपलब्धि, चुनौती र सम्भावनाका बारेमा छलफल गर्ने पनि जिफन्टले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.