|

काठमाडौं : गठबन्धनको बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न देउवा बालुवाटार गएका हुन्। गठबन्धनमा देखिएको तिक्तता मेटाउन प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच छलफल भएको बालुवाटार स्रोतले बताएको छ। 

कांग्रेस सभापति देउवाले आइतबार साँझ आफ्ना मन्त्रीहरुलाई निवासमा बोलाएर उनीहरुको कार्यशैलीप्रति असन्तुष्टी जनाएका थिए। 

राष्ट्रियसभा अध्यक्षमा दुबै पाटीले उम्मेद्वारी दिने भएपछि माओवाद केन्द्र र कांग्रेसबीच मनमुटाव बढेको छ।

प्रधानमन्त्री दाहालले शृङ्खलाबद्धरुपमा नयाँ समीकरणका लागि एमाले अध्यक्षसँग छलफल बढाएपछि देउवा उनीसँग चिढिएका छन्। नयाँ सत्ता समीकरणका लागि एमालेको सचिवालय बैठक अध्यक्ष निवास बालकोटमा जारी छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक जारी रहेको र जनता समाजवादी पार्टीले पनि नयाँ सत्ता समीकरणका लागि नेताहरुलाई बोलाएको छ। 

हालको गठबन्धन भत्काएर एमाले, माओवादी, रास्वपा र जसपाको नयाँ समीकरणको चर्चा चलिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.