|

काठमाडौँ : नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका छन्।

बालुवाटारमा जारी बैठक स्थगित गरी प्रचण्ड र ओली बालकुमारी पुगेका हुन्। ‘दुवै नेता सहकार्यको प्रस्ताव लिएर नेता नेपालकहाँ जानु भएको छ’, प्रधानमन्त्री सचिवालयले उल्लेख गर्‍यो, ‘मन्त्रालयको भागबन्डा टुंग्याउनुअघि नेपाललाई सँगै लिएर जाने शीर्ष दुई नेताको चाहना छ।’

नेकपा एकीकृत समाजवादीले नयाँ गठबन्धनप्रति गुण र दोषका आधारमा निर्णय लिने घोषणा गरेको छ। प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बनाउनुअघि एकीकृत समाजवादीसँग छलफल गरेका थिएनन्।

सोमवार बेलुका प्रचण्ड र माओवादीका वरिष्ठ नेताहरू माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.