|

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन्। आज प्रदेशसभामा भएको विश्वासको मत प्रस्तावमा जम्मा उपस्थित सांसद ८६  मध्ये महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको हो।

केन्द्रमा फेरिएको सत्ता समीकरण र राजनीतिक परिवर्तनसँगै लुम्बिनी प्रदेशको पनि नेतृत्व फेरिएपछि संवैधानिक रूपले मुख्‍यमन्त्री महराले विश्वासको मत लिएका हुन्।

महरालाई पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थन छ। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा  बहुमतका लागि ४४ मत आवश्यक पर्छ।

एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.