|

विराटनगर : कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नारायणप्रसाद वस्ती नियुक्त भएका  छन्। नेपालको संविधानको धारा १६० को उपधारा २ अनुसार नियुक्त भएका  वस्तीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  छन्।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच उनलाई उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

वस्तीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न प्रदेश सरकारले आजै प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.