गुल्मी : गुल्मी बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु भएको छ।
पोखराबाट गुल्मीको तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सह–चालक जुम्लाका ३५ वर्षीय युवराज कुँवरको मृत्यु भएको गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।
कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ जना घाइते भएका छन्।
बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।