|

पश्चिमी अफगानिस्तानको घोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा हेलिकप्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। १२ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल वाहिद हमासले जानकारी दिए। 

फिरोज कोह शहरको खोलाबाट शव निकाल्न उद्धार कार्यमा व्यस्त रहेको वायुसेनाको एमआई-१७ मोडलको हेलिकप्टर प्राविधिक समस्याका कारण आकस्मिक अवतरण गराएको थियो, जसमा सवार एकजनाको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.