|

काठमाडौं : जनकपुरधामस्थित मिल्स एरियामा कारको ठक्करबाट पत्रकार शिवेन्द्र यादवको मृत्यु भएको छ ।

शनिबार बिहान करिब ३ बजे प्रदेश २. ५४९४ नम्बरको मोटरसाइकललाई बा २१ च ३३४३ नम्बरको कारले ठक्कर दिएको थियो । घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी उपेन्द्र खरेलले जानकारी दिए।

उनका अनुसार मोटरसाइकल पछाडि सवार जयनाथ यादव गम्भीर घाइते छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

ठक्कर दिने कार र त्यसमा सवार चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पत्रकार यादव राजधानी जनकपुर पत्रिकाको सञ्चालक थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.