|

काठमाडौं : पछिल्ला र्षहरूमा नेपालमा शापुको संक्रमणबाट संक्रमण हुने संख्या बढ्दै गएको छ। विशेषगरी बालबालिकामा लाग्ने शापु डरलाग्दो हो। यो किटाणु कुन माध्यमबाट आँखाभित्र संक्रमण हुन्छ भन्ने कुराको यकिन नभए तापनि रातको समयमा बत्तीमा आउने एक किसिमको सेतो पुतली (मथ)बाट संक्रमण हुने पुष्टि भएको छ।

चिकित्सकका अनुसार एक वर्षको अन्तरमा देखिने शापु संक्रमण प्रायजसो भदौदेखि मंसिर महिनासम्म धेरै देखिने भए पनि पछिल्ला वर्षहरूमा गर्मी लागेसँगै शापु संक्रमण हुने गरेको पाइएको छ।  
शापु एक दृष्टिनाशक रोग हो। विशेषगरी नेपालको मध्यपहाडी भेगमा शापु महामारीको रूपमा देखिने गरेको छ। यो रोगको लक्षणहरू देखापरेको ४८ देखि ७२ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ विशेषगरी बालबालिकामा बढी देखिन्छ।

रोग के कारणले लाग्छ शापु?
हालसम्म सेतो पुतली (मोथ) लाई शापूको कारक मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा  नआएका बिरामीहरुलाई पनि यो रोग देखापरेको छ। अन्य जीवाणु र बिषाणुले समेत यो रोग लागेको पाइएको छ।

यस्ता समस्या देखिए शापु सक्रमण भएको पनि हुनसक्छ

एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु 
 उज्यालोमा हेर्न नसक्नु
 आँखा दुख्नु
 उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु
 आँखाको दृष्टिमा तत्कालै कमी हुनु

शापु संक्रमणबाट कसरी बच्ने? 
 सेतो पुतलीको संसर्गबाट टाढै रहने 
 धेरै उज्यालो सेतो बत्ती नबाल्ने 
 साँझ र राती झ्याल ढोका बन्द गर्ने 
 सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने
 सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने
समयमै उपचार भएमा यो रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको  दृष्टि गुम्न  वा आँखा सुकेर जान सक्छ। 
यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्रमा जानुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.