|

रौतहट : भारतीय सीमासँग जोडिएको रौतहटका सबै सीमानाका आज (शनिवार) देखि सोमवार (जेठ ७ गते) सम्म बन्द भएका छन्।

भारतमा भइरहेको लोकसभा निर्वाचनअन्तर्गत सितामढी र पूर्वी चम्पारण जिल्लामा हुने निर्वाचनलाई लिएर नेपाल–भारत सीमा चुनाव हुनुभन्दा ७२ घण्टाअगाडि नै बन्द भएका हुन्। 

सितामढी जिल्लामा २० मे २०२४ र पूर्वी चम्पारण जिल्लामा २५ मे मा हुने निर्वाचनका लागि ७२ घण्टाअगावै नेपाल–भारत सीमानाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकअनुसार मतदान हुनुभन्दा ७२ घण्टाअगाडि नै बन्द गर्ने सहमतिअनुसार सीमानाका बन्द हुने रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ।

सितामढी जिल्लामा हुने निर्वाचनको लागि जेठ ५ गते राति १२ बजेदेखि जेष्ठ ७ गते राति १२ बजेसम्म रौतहटको राजदेवी नगरपालिका–९ ब्रह्मपुरीदेखि इशनाथ नगरपालिका–१ को बन्जाराहा नाका बन्द रहनेछन्।

मे २५ मा पूर्वी चम्पारण जिल्लामा हुने निर्वाचनको लागि जेठ १० गते राति १२ बजेदेखि १२ गते राति १२ बजेसम्म इशनाथ नगरपालिका–१ देखि बौद्धिमाई नगरपालिका–७ बंकुलसम्मका सीमानाका बन्द रहनेछन्।

भारतको निर्वाचनमा कुनै किसिमको अपराधिक गतिविधि हुन नदिन नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.