|

काठमाडौं : सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ।  गत बिहीबार १ लाख ४० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउले उक्त रेकर्ड आज तोडेको हो।

आज  छापावाल सुन १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको भाउ १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

शुक्रबारको तुलनामा सुनको भाउ १६ सय रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन १ लाख ४० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, प्रतितोला चाँदीको मूल्य १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.