|

काठमाडौं : प्रतिनिधिसभा बैठक फेरि साढे ४ का लागि सरेको छ। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्न सहमत भएका दलहरू टिओआरबारे विभाजित हुँदा बैठक फेरि सरेको हो। 

दलहरू सहमतिमा पुग्न नसकेकै कारण बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो। तर अझै दलहरू सहमतिकै प्रयासमा रहेकाले साढे ४ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक सारिएको हो। 

प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय छानबिन समितिको टिओआरमा सहमति नजुटेसम्म सदन चल्न नदिने अडान लिएपछि राष्ट्रियसभाको बैठक पनि भोलिसम्मका लागि स्थागित भइसकेको छ। त्यसअघि दिउँसो १ः१५ का लागि बोलाइएको बैठक ३ः१५ मा सारिएको थियो।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.