काठमाडौं : इंडियन प्रिमियर लिग (आईपीएल) अन्तरगत लिग चरणको अन्तिम खेलमा वर्षा बाधक बनेको छ।
कोलकता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका रद्द भएपछिको छ। अंक बाँडिँदा राजस्थान तेस्रो हुँदै प्लेअफमा पुग्यो।
कोलकताले भने यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो। तर राजस्थानका लागि सो खेलमा दोस्रो स्थानमा रहनका लागि जित आवश्यक थियो।
दोस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने गर्दछन्। तर अंक बाँडिएपछि राजस्थानले प्लेअफमा एलिमनिेटर खेल खेल्नेछ।
यस नतिजाले हैदराबाद दोस्रो हुँदै प्लेअफमा पुग्न सफल भयो। हैदराबाद र राजस्थान दुवैको १७ अंक रहेपनि नेट रनरेटका आधारमा हैदराबाद दोस्रो हुन पुग्योे।
हैदराबाद र कोलकताले मंगलबार फाइनल प्रवेशका लागि खेल्नेछन्।
तेस्रो भएको राजस्थानले एलिमिनेटरमा चौथो स्थानको रोयल च्यालेनजर्स बेंगलूरु फाइनल प्रवेशका सम्भावना कायम राख्न बुधवार भिड्ने छन्।
क्वालिफायरमा हार बेहोर्ने टोलीले फाइनल पुग्ने दोस्रो मौका पाउने छ। सो मौका एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। पहिलो क्वलिफायर खेलको विजेता टोली भने फाइनलमा प्रवेश गर्नेछ। फाइनल खेल आगामी आइतबार हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।