|

म्याग्दी : नेकपा एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन निर्वाचित भएका छन्।

जोमसोममा सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका–२ मार्फाका लालचनको अध्यक्षतामा ३१ सदस्यीय समिति सर्वसम्मत चयन भएका हुन्।

समितिको उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक विक र उपसचिवमा सम्राट गौचन निर्वाचित भएको पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष नवराज शर्माले जानकारी दिए। 

यस्तै सुनदेवी रसाइलीको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.