|
फाइल फोटो

चितवन : मकवानपुरको मनहरीमा दुईजनाको ज्यान लिएको नरभक्षी बाघ मरेको छ। 

शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको चितवन राष्ट्रिय  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। १० वर्षको बाघ सौराहास्थित खोरमा राखिएको थियो। 

बाघलाई गत मङ्सिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो। त्यसयता खोरमा उपचार भइरहेको थियो।

चालु आर्थिक वर्षमा चितवनमा सात बाघ मरेका छन्। सन्  २०२२ को गणनाअनुसार नेपालमा ३५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा १२८ छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.