|

नेपालगञ्ज : नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी भएका छन्। नयाँ कार्यसमितिका लागि भएको आइतबार भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार गुरुङले २९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले १५४ मत पाए। 

शुक्रबारदेखि चलेको नवौँ अधिवेशनमा सर्वसम्मत चयनको प्रयास गरे पनि सहमति नहुँदा निर्वाचन भएको थियो। उपाध्यक्षमा विजयी भएका रत्न खत्रीले ३१३ मत प्राप्त गरे। उनी लुम्बिनी प्रदेश सरकारको सामाजिक विकासमन्त्रीसमेत हुन्।

सचिवमा बलराम भट्टराई विजयी भए। उपसचिवमा महिलातर्फ निर्मला सुनार र खुलातर्फ किशोर थापा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सुनिता शर्माले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.