|
फाइल फोटो

काठमाडौं : रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत नरिवल खसाल्ने दिन बुधबार ललितपुर महानगरले सार्वजनिक बिदा दिएको छ।

परम्परादेखिको धार्मिक महत्त्वको दिन र नगरबासीको उल्लेख्य उपस्थिति हुने भएकाले ललितपुर महानगरपालिका र मातहतका कार्यालयमा स्थानीय बिदा दिने निर्णय गरिएको जनाइएको छ। रथयात्रा अन्तर्गत शुभ मुहूर्त्तमा थती टोलमा मच्छिन्द्रनाथको रथको टुप्पोबाट नरिवल खसालिन्छ। 

गत वैशाख १८ गते बसेको महानगरपालिकाको कार्यपालिका बैठकले मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत नरिवल खसाल्ने दिन स्थानीय बिदा दिने निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.