|

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योग क्षेत्रमा सहयोग उपलव्ध गराउँदै आएको बताएका छन्। सूर्योदय मिल्स एण्ड बेभरेज उद्योग प्रालि विराटनगर–१४ द्वारा घ्यू जापान निर्यात हुने कार्यको आज शुभारम्भ गर्दै उनले कृषिको उत्पादन र उपादकत्व बढाउन आयातलाई प्रतिस्थापन रोजगारी वृद्धिमा सहयोग पुर्‍याउने काम गरिरहेको जानकारी दिए।

उनले कोशी प्रदेशबाट वार्षिक  ५० टन घ्यु  जापान निर्यात हुने सम्झौता हुनु गौरवको कुरा भएको र गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरे।  उनले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा  मिल्क एण्ड बेभरेजलाई स्वदेशको बजार खपत वृद्धि तथा विदेशमा निर्यात गर्न उत्पादन लागत घटाउन सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले प्रदेशको परिचयको रुपमा रहेको घ्यु, चिया, मह, चिउरा उत्पादन र ब्राण्डिङ गरी  निर्यात प्रवद्र्धन  गरेमा रोजगारी वृद्धि र गरिबी निवारण गर्न सकिने बताए।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालले प्रदेशमा दूध उत्पादन वृद्धि भई तराईमा धुलो दूध, पहाडी क्षेत्रमा छुर्पी उत्पादन हुने गरेकाले सरकाले घ्यू, धुलो दूध उत्पादनमा अनुदान उपलव्ध गराएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.