|

काठमाडौँ : पदोन्नति भएका चारजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)ले आज दर्ज्यानी चिह्न पाएका छन्।

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको आइतवारको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीबाट) बाट पदोन्नति भएर प्रहरी नायव महानिरीक्षक भएका चारजनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरे। 

पदोन्नति हुने प्रहरी नायव महानिरीक्षकहरूमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारी रहेका छन्।

गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक भगवानप्रसाद कुशवाहलाई समेत महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्न प्रदान गरे।

सो क्रममा महानिरीक्षक कुँवरले राष्ट्र, जनता र सङ्गठनप्रति गरेको योगदान, कार्यक्षमतालगायत बढुवाका सम्पूर्ण आधारहरूको मूल्याङ्कन गरी पदोन्नति गरिएको बताए।

पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै महानिरीक्षक कुँवरले भने, “राज्य र सङ्गठनले तपार्इंहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका, उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा राखेको छ, जसमा खरो उत्रिनु हुनेछ भनी विश्वास लिएको छु।”

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.