|

 काठमाडौं : आईसीसी टी–२० विश्वकपको वार्मअप अन्तर्गत पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको हो।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ३ ओभरमा १ सय २० रनमा समेटियो। 

नेपालको शीर्षक्रमका ब्याटरले केही राम्रो सुरुवात पाए पनि ठूलो स्कोर भने बनाउन सकेनन्।  कुशल मल्लले ३० बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३७ रन जोडे। अनिल साहले १६ बलमा २४ रन बनाए। ओपनरद्वय आशिफ शेखले २२ र कुशल भुर्तेलले १० रन जोडे। अन्य कुनै ब्याटरले दोहोरो अंक छुन सकेनन्।  सन्दिप जोराले ६ रन बनाउँदा करन केसी र सागर ढकालले समान ५ रन बनाए। सोमपाल कामीले ४ रन बनाए । कप्तान रोहित पौडेल १ रनमा आउट भए। गुलशन झा र अविनाश बोहोरा शून्यमा पेभेलियन फर्किए।​

क्यानाडाका लागि डिलन हेलिगरले ४ विकेट लिए। जेरेमी गोर्डन र साद विन जफरले २र२ विकेट लिए। कलिम सना र पर्गत सिंहको नाममा १/१ विकेट रह्यो।

त्यस टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो। क्यानडाका  निकोलस किर्टोनले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए। 

रविन्द्रपाल सिंहले अन्त्यमा १७ बलमा १ चौका र ४ छक्कासहित ४१ रनको आक्रामक अविजित इनिङ खेले। डिलोन हेलिगर ७ बलमा २ चौकासहित १३ रन नट आउट रहे।

नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशीले १र१ विकेट लिए। 

नेपालले दोस्रो वार्मअप खेल यसै मैदानमा बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.