काठमाडौं : महालक्ष्मी विकास बैंकले तनहुँमा अवस्थित गलेश्वर आश्रमलाई आर्थिक सहयोग गरेको छ। बैंकको नारायणगढ शाखाले आश्रमलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो।
सिद्धेश्वर शिव मन्दिर प्रांगणमा नेपाली ढुंगा बिच्छाउने कार्य बाँकी रहेकाले सो कार्य सम्पन्न गर्नका लागि सहयोग गरेको हो। बैंकको वाग्मती प्रदेश ‘ख’ का प्रमुख शम्भुप्रसाद पराजुलीले गलेश्वर आश्रमलाई हालै आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरेका हुन्।
त्यस्तै, बैंकले धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषलाई नगद सहयोग गरेको छ। बैंकले कोषलाई एक लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो। बैंकको सुदूरपश्चिम प्रदेशका प्रमुख सुनिलकुमार नेपालले उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाललाई चेक हस्तान्तरण गरे।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रम निरन्तर सञ्चालन गर्ने बैंकले जनाएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।