|

काठमाडौँ : नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। 

उक्त कसुरमा पक्राउ परेको तेस्रो दिन विरामी भएको भन्दै जनकपुरधामको काव्य अस्पतालमा भर्ना गरिएका सिरोहियालाई थप उपचारका लागि हेलिकप्टरमार्फत आज ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको हो।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले  सिम्रिक एयरको हेलिकप्टरबाट उनलाई ल्याइएको र मेडिसिटीमा उपचार सुरु भएको जानकारी दिए।

काव्य अस्पतालका डा. एसके सिंह र डा. पंकजकुमार साहको सिफारिसमा थप उपचारका लागि मेडिसिटी ल्याइएको बताइएको छ। धनुषा प्रहरीमा परेको उजुरीका आधारमा यही जेठ ८ गते उनी नागरिकता किर्ते कसुरमा काठमाडौँबाट पक्राउ परेका थिए। त्यसै दिन उनलाई धनुषा लगिएको थियो। उनीमाथि ३ पटक ३/३ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

दोस्रो पटक म्याद थपेकै दिन साँझ उनलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र त्यसयता उनी अस्पतालमै रहेका छन्। पछिल्लो म्याद थपमा उनी एम्बुलेन्समार्फत अदालत पुगेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.