|

काठमाडौं : आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षणमा ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजु शून्य रहेको छ। महालेखापरीक्षककाे कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये जम्मा पाँचवटा पालिकाको बेरुजु शून्य छ।

जस अनुसार ललितपुरको कोन्ज्योसोम गाउँपालिका पनि परेको छ।  गाउँपालिका अध्यक्ष कृष्णमान लामाकाअनुसार आफ्नो गाउँपालिका सधैँ आर्थिक पारदर्शितामा पहिलो रहेको दाबी गर्छन्।

उनले अन्य स्थानीय प्रतिनिधिलाई पनि आर्थिक सुशासनमा पारदर्शिता अपनाउन आग्रह गरे।  बिनाशिर्षक बजेट खर्च गर्दा बेरुजु धेरै बढ्ने देखिन्छ। बेरुजु बढ्नु भनेको प्रशासनिक काम गर्न पालिका प्रमुखहरु असमर्थ हुनु भन्ने अर्थमा पनि हेर्न सकिन्छ।

यो गाउँपालिकासहित ताप्लेजुङको पाथीभरा याङवरक, पाँचथरको याङवरक, काभ्रेको महाभारत र धादिङको बेनिघाट रोराङ गाउँपालिकाकाको बेरुजु शून्य रहेको प्रतिवेदनमा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.