काठमाडौं : अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी निकालिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको आज ७१ वर्ष पुगेको अवसरमा काठमाडौंमा प्रभातफेरी निकालिएको हो।
प्रभातफेरीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोही संघ लगायत अन्य पर्वतारोहण संघ संस्थाले सहभागिता जनाए। शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७१ वर्ष पुगेको विभिन्न कार्यक्रम गरिँदैछ।
नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिख आजकै दिन पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए।
काठमाडौंमा निकालिएको प्रभातफेरी
तपाईंको ईमेल गोप्य राखिनेछ ।