|

काठमाडौं : न्युरोड क्षेत्रमा फुटपाथ सडक फराकिलो बनाउन भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको सडक डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेको छ। डिभिजन कार्यालयले महानगर आफैँलाई सडक सम्याउन भनेको थियो। यद्यपि, महानगरले कुनै वास्ता नगरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न थालेको हो।

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेर सडक भत्काउने काम गरेको थियो। यस विषयमा महानगर र सडक विभागबीच पत्र काट्ने तथा स्पषटीकरणसम्मको तनावको स्थिति भएको थियो। यस विषयलाई लिएर महानगर प्रमुख बालेन साह र एमाले अध्यक्ष केपी ओलीबीचसमेत घोचपेच हुने गरेको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.